कोहलपुर, बैशाख २,
राष्ट्रिय साहित्य प्रभा मंच दोस्रो राष्ट्रिय महाअधिवेशन भारतमा सम्पन्न भएको छ ।
मंचका अध्यक्ष टि.के. सिंहको अध्यक्षतामा भएको कार्यक्रममा जपा सतना जिल्ला अध्यक्ष सतीष शर्मा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल प्राज्ञ हरि प्रसाद तिमिल्सिना विशिष्ट अतिथी रहेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा सम्मान, अभिनन्दन,कदर, कृति बिमोचन तथा कला प्रदर्शनी गरिएको थियो । भने दोस्रो सत्रमा रचना बाचन र तेस्रो सत्रमा कवि सम्मेलन भएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी शर्माले भारत नेपाल मैत्री भएकोले ऐतिहासिक मुल्य मान्यताको सम्बन्ध रहेको बताएका छन् । शर्माले यस्ता कार्यक्रमले नेपाल भारतको सम्बन्ध अझै मजबुत हुने बिश्वास व्यक्त गरे । उनले नेपाल भारतको राजनीतिक भौगोलिक र जनस्तरमा समानता रहेको बताएका थिए । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि हरि प्रसाद तिमिल्सिनाले साहित्यिक ऐतिहासिक धार्मिक एवं सांस्कृतिक भाषिक ज्ञानको दृष्टिकोणले अत्यन्तै सुमधुर सम्बन्ध बनाई राख्न साहित्य मार्फत जनस्तरमा पुग्न सके दुई देश बीचको सम्बन्ध अझैँ मजबुत हुने बताए ।
राष्ट्रिय साहित्य प्रभा मंचका महासचिव प्राची मिश्राले सहजिकरण रेकी थिईन् । कार्यक्रममा भाषा साहित्य कलाको बिभिन्न बिधामा सकृय श्रष्टाहरुलाई सम्मान र अभिनन्दन गरिएको थियो । अभिनन्दन हुने हरुमा नेपाली प्रतिनिधिमण्डलहरुमा भाषा साहित्य तर्फ प्राज्ञ हरि प्रसाद तिमिल्सिना, राजकुमार थारु, संगित प्रभात सुवेदी, चित्रकला उषा सुबेदी, बिक्रम शिशिर रहेका थिए । कार्यक्रममा बिक्रम शिशिरको नेपाल भारत मैत्री सिर्सकमा एकल चित्रकला प्रदर्शनी भएको थियो ।
अध्यक्ष टि के सिंह परिहारले मंचको उद्देश्य प्रकाश पार्दै र अतिथिको गरिमामय उपस्थितिले मंचको उदेश्य यात्रा सफलता नजिक पुर्याउन सामाजिक आर्थिक राजनैतीक सांस्कृतिक साहित्यिक अभियन्तालाईस्वागत तथा बधाई दिएका थिए । उनले नेपालबाट आएका अतिथिहरुलाई अभिनन्दन गर्न पाउनु गौरवको विषय भएको बताए । उनले आगामी दिनहरुमा पनि नेपाल भारत बिच सौहार्दपूर्ण वातावरणमा कार्यक्रम हुनसक्ने अपेक्षा राखेका छन् ।