कोहलपुर, चैत्र २७,

व्यवसायी हक हित संरक्षण समिति कोहलपुरले बैंक तथा वित्तीय संस्थाका कर्मचारीसँग छलफल गर्दै बैंक तथा वित्तिय संस्थाका कामकाजहरु बन्द गर्न भनेको छ ।

आईतबार कोहलपुरका बैंक तथा वित्तिय संस्थाका म्यानेजरहरुसँग छलफल गर्दै आगामी चैत्र २८ देखि ३० गतेसम्म सम्पूर्ण कारोबार नगर्न भनेको हो । उद्योगी तथा व्यवसायीले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरविरुद्ध े चैत्र १९ गतेदेखि समिति गठन आन्दोलन गर्दै आएका छन् । समितिले विभिन्न स्थानमा भेला हुँदै प्रेस विज्ञप्ती जारी गरि सम्बन्धित निकायसँग छलफल गरिरहेको छ ।

बैंक तथा वित्तिय संस्थाले व्यवसायीहरूका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने भन्दै समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले थप आन्दोलनका कार्य गर्ने चेतावनी दिए । उनले २८ गते चौराहदेखि पिपलचौतारा हुँदै बैंक रहेका स्थानसम्म र्याली निकाल्ने जानकारी दिए । उनले भने,–‘व्यवसायी मिलेर वृहत आन्दोलन गरेका गरिरहेका छौं । आन्दोलन नगरि हाम्रो कुरा कसैले सुन्ने रहेनछ । बैंक वित्तीय संस्थाको दादागिरीविरुद्ध हामीले आन्दोलन गरेका हौँ । उच्च व्याजदर आतंकाकाविरुद्ध आन्दोलन गरेका हौं ।’

छलफलका क्रममा बैंक म्यानेजरहरुले बैंक तथा वित्तिय संस्था बन्द गर्न आधिकारिक चिठ्ठि आउनु पर्ने नभए बैंकहरु बन्द नगर्ने बताएक छन् । उनीहरुले तीन दिन बैंक बन्द गरे समग्र देशले नै नोक्सान बेहोर्नु पर्ने भन्दै बैंकिङ कारोबारलाई निरन्तरता दिने बताएका हुन् । उनीहरुले जुनसुनै अवस्थामा पनि बैंक बन्द नहुने भन्दै संरक्षण समिति सांघातिक आक्रमण हुनसक्ने भन्दै प्रहरी प्रशासनले सुरक्षाको ग्यारेन्टी लिनु पर्ने बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थामाथि धम्कीपूर्ण अभिव्यक्ति, अराजक व्यवहार र सांघातिक आक्रमण पछिल्लो समय बढिरहेको भन्दै उनीहरुले दुवै पक्ष मिलेर सल्लाह गरि अगाडि बढ्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा समितिले कोहलपुर नगरपालिका सामाजिक विकास शाखा संयोजक ईश्वरी प्रसाद बि.क.लाई प्रेस विज्ञप्ती पेस गर्दै ध्यानाकर्षण गराएको छ । कोभिड १९ को कारणले थिलो थिलो परेको उद्योग व्यवसाय र व्यापार व्यवसाय चल्न नपाउँदैं बैंक तथा वित्तिय संस्थाहरुको चर्को व्याज दर र आधार दर बुद्धिले गर्दा व्यवसायहरु बन्द भई व्यापारीहरु डिप्रेसनमा परेको र आत्मदाहा गर्नेसम्मको घटना घटी सकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

उद्योग व्यवसाय चौपट भईरहेको अवस्थामा नेपालका प्रमुख शहरहरुमा दैनिक जसो सटर खाली भई ठूलो संख्यामा बेरोजगारी संख्या वृद्धि भई निराशा उत्पन्न भएकोले र बैंकको व्याज समेत १६ देखी १८ प्रतिशतसम्म पुगेकाले कोहलपुर क्षेत्रका व्यापारीहरुले बैंकको किस्ता तिर्न र घरभाडा तिनं समेत नसकेर व्यवसाय नै छोडी व्यवसायबाट पलायन हुनुपर्ने स्थिति सृजना भएकाले पत्रद्धारा जानकारी गराईएको छ । कोहलपुर नगरपालिकाले लिदै आएको घरवहाल कर ५०% प्रतिशत कमगरी व्यवसायीहरुलाई व्यवसाय गर्ने वातावरण सृजना गरीदिनु हुन नगरप्रमुखलाई पत्र मार्फत आग्रह गरिएको छ । कार्यक्रममा समितिका पदाधिकारी बिष्णु प्रसाद खनाल, तिलक कार्की, शेषकान्त शर्मा, कुमार उप्रती, मोहन चापागाई लगायत बैंकका म्यानेजरहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.