बिधुत्मा रैका,
कोहलपुर, चैत्र २५,

बारेकोटी एकता समाज बाँकेको नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा प्रथम सम्मेलन सम्पन्न भएको छ ।

बाँके जिल्लामा बसोबास गर्ने बारेकोटी एकवद्ध हुने तथा नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको हो । बारेकोटी एकता समाजका अध्यक्ष कमल राज सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हरि सिंह कठायत प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कठायतले यो एकता समाजले बारेकोटी जोकोहीलाई पनि परेको अप्ठ्यारो अवस्था र भबिस्यमा चालिनु पर्ने कदमका बारेमा सहज वातावरणको सिर्जना गर्ने बताएका छन् ।

कठायतले बारेकोटी एकता समाजले बारेकोटीबाट बसाइसराइ गरी आएका मानिसहरुबीच एकता र सहकार्यको वातावरण निर्माण गर्नु सराहनीय काम भएको बताए । उनले आफ्नो जन्मथलोका भेषभुषा, कला, संस्कृती र भाषाको संरक्षण गर्न समाजले महत्वपूर्ण भूमिका खेलनुपर्ने धारणा व्यक्त गरे । समाज विकासका क्रममा बिभिन्न ठाउँमा बसाईसराई भए पनि मौलिक संस्कृतीको संरक्षण गर्नु सबैको दायित्व भएको बताउँदै उनले कार्यक्रममा सहभागि सबैलाई नयाँ वर्ष २०८० को शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा कोहलपुर हेल्थ केयरका संचालक ललित पहाडी, सल्लाहकार सदस्य शशिराम गौतम, गीता कार्की, दिपेन्द्र शाह लगायत बारेकोटीका नागरिकहरुको सहभागिता रहेको समाजका कोषाध्यक्ष रमेश शाहीले बताए । कार्यक्रममा आर्थिक सहयोग गर्ने व्यक्तिलाई प्रमाण पत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रमको संचालन हरि प्रसाद शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.