बिधुत्मा रैका,
कोहलपुर, चैत्र २५,
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको स्रष्टा सम्मान तथा टिकटमा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।
पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी प्राज्ञ कथाकार सनत रेग्मी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रेग्मीले पूर्णिमा साहित्य प्रतिष्ठानले बाँके जिल्लाको मात्रै नभई समग्र नेपाली भाषा र साहित्यको जर्गेनामा पु¥याएको योगदानको प्रशंसा गरेका छन् । कार्यक्रममा उनले पूर्णिमाको साहित्य प्रतिको योगदानको चर्चा गरेका हुन् । रेग्मीले साहित्यिक गतिबिधिले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्बाह गर्ने उल्लेख गरे ।
सिर्जना र साधना पछिसम्म खोजी हुने हुँदा त्यसमा निन्तर लागि रहन सम्पूर्ण साहिच्यकारहरुलाई उनको सुझाव छ । कार्यक्रममा पूर्णिमा साहित्य रत्न २०७७ भरतपुर चितवनका साहित्यकार रेशम विरहीलाई प्रदान गरिएको छ । उनलाई नगद राशी रु.२५,५५५ सहित सम्मान गरिएको हो । यस्तै पूर्णिमा साहित्य रत्न २०७८ तथा नगद राशी रु.२५,५५५ कैलालीका गजलकार श्रेष्ठ प्रिया ‘पत्थर’लाई प्रदान गरिएको छ । कार्यक्रमको दोस्रो चरणमा एकल कविता वाचन कार्यक्रम गरिएको थियो । काठमाण्डौं, कोहलपुर कोहलपुर निवासी कवि केशव सिग्देलले आफ्नो दर्जनौं कविता दर्शकलाई सुनाएका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरमा रहेका कैदी बन्दीहरुका लागि पुस्तक हस्तान्तरण गरिएको छ । पुस्तकहरु इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक डिएसपी सुन्दर तिवारीलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमको समापन गर्दै अध्यक्ष अन्जानले कार्यक्रमको उद्देश्य र औचित्यतामाथि प्रकाश पार्दै नेपाली साहित्य र भाषाको विकासमा पूर्णिमा साहित्य प्रतिष्ठान अगाडि रहेको बताए । विभिन्न स्थानमा छरिएर रहेका स्रष्टाहरुको खोजी गर्ने, भाषा, साहित्यको श्रीवृद्धिका लागि स्रष्टाहरुको सम्मान गर्नुका साथै पुरस्कारहरु स्थापना तथा वितरण गर्दै आएको बताए । उनले कार्यक्रम सफल पारिदिने सम्पूर्ण उपस्थितलाई धन्यवाद ज्ञापन गरे ।
साझा चोकमा रहेको कोहलपुर पार्टी प्यालेसमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान सभाका प्राज्ञ द्धोय महानन्द ढकाल, शसिराम कार्की, कोहलपुर नगरपालिका १२ का वडाध्यक्ष विरेन्द्र कुमार शाह लगायतका अतिथी रहेका थिए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष सुमित्रा न्यौपाने, साहित्यकार हेमन्ती जोशी, गजलकार तथा रेडियो कोहलपुरका स्टेशन म्यानेजर भावना पाठक, देवीकी निरौला लगायत राजनीतिज्ञ समाजसेवी, पूर्णिमाका पदाधिकारी, साहित्यानुरागी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिब बद्रि ढकाल हिरामणी र सह–सचिब खोपीराम वलीले गरेका थिए ।