कोहलपुर, चैत्र २१,
निर्माणाधिन सिक्टा सिँचाई आयोजनाको पूर्वी नहरको स्थलगत निरीक्षण गरिएको छ ।
सांसद कृष्णा के.सी. नमूना लगायतले पूर्वी नहरको स्थलगत निरीक्षण गरेका हुन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३, ४, ५, ६ र ७ तथा नरैनापुर गाउँपालिका सबै वडाका कृषियोग्य भूभागमा सिँचाई सुविधा पु¥याउने लक्ष्यका नहरको निरीक्षण गरिएको हो । पहिलो चरणमा अगैयादेखि नरैनापुरतर्फ ३९ किलोमिटर नहर निर्माणको कार्य सम्पन्न हुनुका साथै नहरको परीक्षण समेत सम्पन्न भएको छ ।
अब शाखा नहर मार्फत राप्ती सोनारीका वडा नम्बर ३, ४, ५, ६ र ७ मा सिँचाई सुविधा पुग्ने सांसद के.सी.को विश्वास छ । नरैनापुर तर्फको १४ किलोमिटर मुल नहरसमेत निर्माण कार्यको लागि प्रक्रिया अगाडी बढाइएको छ ।