कोहलपुर, चैत्र १९,
मेची महाकाली बुहारी सयुक्त आवाज कोहलपुर बाँकेले सामुहिक बलात्कारको घटना प्रति घोर विरोध गर्दै पीडित बालिकाको लागि न्यायको माग गरेको छ ।
बुहारी सयुक्त आवाजले गएको चत्रै १६ गते प्रेस विज्ञप्ती जारी गर्दै पीडित बालिकाको न्यायका माग गरिएको हो । गएको फागुन २४ गते बागेश्वरी मन्दिरमा ४ जना बालकद्धारा १३ वर्षिय बालिकालाई अपहरण गरि सामुहिक बलात्कार भएको घटना प्रति सयुक्त आवाजको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यस्ता खालका घटनाहरुले हाम्रो छोरीहरु असुरक्षित हुँदै गएको सयुक्त आवाजकी बाँके संयोजक उर्मिला पाण्डे अधिकारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा लेखिएको छ । कानूनमा बालबालिकाको व्यवस्था गरे अनुसारको दोषिलाई कारवाहीको माग गरिएको छ । पीडित बालिका तथा परिवारको मनोवल उच्च राख्दै पिडककालाई कारवाहीको लागि कुनै कस बाँकी नराख्ने जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।