कोहलपुर, चैत्र १८,
राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाँकेको साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोश सम्पन्न भएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ बाँकेकी अध्यक्ष रुपा गहरताजको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिब शिव सुनार प्रमुख अतिथी रहेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै सुनारले क्रियाशिल दलित पत्रकारहरुलाई संगठित गरी उनीहरुको मिडियामा पहुँच बढाउनु पर्ने बताएका छन् । उनले दलित पत्रकारहरुको पेशागत हकहित र बिकासका लागि नीति ल्याउने, रोजगारीको लागि पहल गर्ने बताएका हुन् ।
संचार माध्यममा आवद्ध दलित पत्रकारहरुको ज्ञान तथा सिप विकास गर्ने, सूचना प्रविधिको युग अनुसार आवश्यक मल्टिमिडिया र अन्य तालिमको व्यवस्था गर्ने, दलित समुदायमाथि भएका हिंसा तथा बिभेदका घटनालाई संघको संजाल मार्फत उजागार गर्न सुझाव दिए । कार्यक्रम माथी प्रकाश पार्दै अध्यक्ष गहतराजले समतामुलक समाज निर्माणका लागि क्रियाशिल दलित पत्रकारसंघको सक्रियताको आवश्यकता रहेको बताईन् । उनले क्रियाशिल दलित पत्रकारलाई अझ उत्साहित गर्न संचार माध्यमहरुको पनि उत्तिकै साथ रहने बताईन् ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ केन्द्रिय सदस्य हेमन्त बि.क., नेपाल पत्रकार महासंघ बाँके सदस्य पवित्रा परियार, प्रेस सेन्टर बाँकेकी कोषाध्यक्ष अनिता विश्वकर्मा, संचारिका समुह सचिब धना के.सी. लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो । कविन्द्र परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा यस क्षेत्रका विभिन्न संचार गृहमा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाँकेको अध्यक्षमा कविन्द्र परियार चयन भएका छ्न् । परियारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । संघको उपाध्यक्षमा आशा परियार, सचिवमा शुभाकर विश्वकर्मा, कोषाध्यक्षमा राम गोपाल विश्वकर्मा र सह–सचीवमा विजय परियार चयन भएका छ्न् । त्यस्तै सदस्यहरुमा सिवानी विक, शान्ति सुनार, उमेश दलामी, प्रमिला बिक र देवि सुनार चयन भएका छ्न ।