कोहलपुर, चैत्र १०,
ए एफ सि क्लब क्यामरुन र ब्वाईज युनियन क्लब कोहलपुरमा जारी प्रथम गोल्डकपको फाईनलमा प्रवेश गरेका छन् ।
हिजो भएको सेमिफाईनलको खेल जित्दै क्यामरुनले फाईनलको यात्रा तय गरेको हो । क्यामरुनले हिमालयन शेर्पालाई १ गोलले हराउँदै फाईनलमा प्रवेश गरेको हो भने आयोजक रेसिङ्ग साहारा क्लबलाई हराउँदै ब्वाईज युनियन फाईनल प्रवेश गरेको हो ।
दुवै टिम बिच भोली प्रथम पुरस्कारका लागी भिड्ने भएका छन् । भोली दिउँसो ३ः३० बजे देखि अन्तिम खेल सुरु हुने आयोजकले जनाएको छ ।