कोहलपुर, चैत्र ७,
बाँकेको कोहलपुर नगरपालिका–२ मा जारी प्रथम कोहलपुर गोल्ड कपमा आज संकटा क्लब काठमाण्डौ र ए एफ सि क्लब क्यामरुन बिच खेल हुने भएको छ ।
दिउँसो ३ बजेदेखि खेल सुरु हुने आयोजक रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र अधिकारीले जानकारी दिएका छन् । हिजो भएको खेलमा नवलपरासीलाई हराउँदै हिमालयन शेर्पा विजयी भएको छ । हिमालयन शेर्पाले नवलपरासी ११ लाई (३–२) हराएको हो । ९० मिनेटको समयमा बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट हिमालयन शेर्पाले विजयी हासिल गरेको हो ।
हिमालयन शेर्पाका खेलाडि विशाख लामा, क्षितिज खड्का र विशाल लामाले पेनाल्टी सुट आउटबाट ३ गोल गरेका हुन् । यता नवलपरासी ११ का खेलाडी टेकराज गुरुङ र मनिस चौधरीले २ गोल गरेका थिए । हिमालयन शेर्पा क्लबका गोलकिपर क्रिसल मोक्तान म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई नेपाली काँग्रेसका क्षेत्रिय सभापति पोषण केसीले नगद ५ हजार प्रदान गरे ।