बिधुत्मा रैका,
कोहलपुर, चैत्र ५,
बाँकेको कोहलपुर सुरु भएको प्रथम कोहलपुर गोल्डकप २०७९ को दोस्रो दिन साहारा क्लब भारत र ब्वाईज युनियन क्लब काठमाण्डौ बिच खेल हुने भएको छ ।
खेल नेपाली समय अनुसार अपरान्ह् ४ः३० मा सुरु हुने आयोजक रेसिङ्ग साहारा क्लबले जनाएको छ । कोहलपुर गोल्डकपको उदघाटन खेलमा आयोजक रेसिङ्ग क्लब र कपिलवस्तु ११ बिच प्रतिष्पर्धा भएको थियो । कपिलवस्तु ११ को लापरवाहि र एन्फाका रेफ्रिले गरेको निर्णय नमान्दा खेल उत्साहपुर्ण हुन सकेन । आजको खेलमा कोहलपुर रेसिङ्ग क्लबले कपिलवस्तु ११ लाई एक का विरुद्ध १५ गोल गर्दै विजेता बन्न सफल भएको छ ।
म्यान अफद म्याच कोहलपुर रेसिङ्ग क्लवका हरी कठाएत हुन सफल भए । रेसिङ्ग साहारा क्लबका लागि भुपेन्द्र शाहीले पहिलो गोल गरेका थिए । शनिबारदेखि सुरु भएको गोल्डकप १३ विगाहा खेल मैदानमा भैरहेको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले दीप प्रज्वलन गर्दै गोल्डकपको उद्घाटन गरेका हुन् । “स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने मुल नाराका साथ आयोजना गरिएको खेल उद्घाटनमा बोल्दै नगर प्रमुख आचार्यले कोहलपुरको पर्या पर्यटनमा गोल्डकपले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् । उनले यस्ता खेलहरुको आयोजनाबाट आर्थिक उन्नतीका साथै देश विदेशमा कोहलपुरको गरिमा उच्च रहेने बताए ।
उनले खेल क्षेत्र संभावनाहरुको खानि हो चुनौतिहरुलाई सामना गर्दै सुनौलो भविष्य जोडने एक अवसरका रुपमा फुटवल खेललाई खेलाडिहरुले लिनुपर्ने बताए । आचार्यले खेल आयोजनाका क्रममा कुनै समस्या आईपरे स्थानिय सरकार सहयोग गर्न तयार रहेको बताए । आज चैत्र ४ गते देखि ११ गते सम्म हुने यो गोल्ड कप कोहलपुरका निम्ति ऐतिहासिक रहने उल्लेख गरे । आयोजक क्लबका अध्यक्ष चक्र खत्रीको अध्यक्षतामा भएको गोल्डकपको उदघाटन शत्रमा क्लवका उपाध्यक्ष बाल कुमार शर्माले उपस्थितलाई स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सचिव नवकिरण शाहले गरेका थिए ।