कोहलपुर, चैत्र ४,
बाँकेको कोहलपुरमा प्रथम कोहलपुर गोल्डकप २०७९ को सम्पूर्ण तयारी पुरा भएको छ ।
अहिले करिब २ बजे खेलको उद्घाटन गरिने भएको छ । हुलास खाद्य उद्योग मुख्य आयोजक रहेको छ भने कोहलपुर नगरपालिका प्रबर्दक रहेको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबले गोल्डकपको आयोजना गरेको हो । उद्घाटन खेलमा आयोजक रेसिङ्ग साहारा क्लब तथा कपिलवस्तु ११ बिच पहिलो खेल हुने भएको छ ।
कोहलपुरको १३ विगाहमा प्रथम कोहलपुर गोल्ड कप हुन लागेको हो । गोल्ड कपमा नेपाल, भारत क्यामरुन लगायत जम्मा ८ टिम सहभागि छन् ।