कोहलपुर, फागुन २९,

बर्दियाको बाँसगढीमा सवारी दुर्घटना हुँदा बाँकेका एक युवाको ज्यान गएको छ ।

आइतबार राति बाँसगढीमा मोटरसाईकल दुर्घटना हुँदा कोहलपुरका एक युवाको ज्यान गएको हो । राति ११ः५५ बजेको समयमा भे६प ९०१५ मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाँसगढी –५ केदारेश्वेर धाम नजिकै भएको दुर्घटनामा परेर कोहलपुर–१ कौशिलानगरका २९ वर्षीय केशव धिताल गम्भीर घाइते भएका थिए ।

घाईते भएका धिताललाई तत्कालै उद्दार गरेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याइएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.