बिधुत्मा रैका,
कोहलपुर, फागुन २४,
बुधबार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस बाँकेको कोहलपुरमा भव्यताका साथ मनाईएको छ ।
दिवसको यस वर्षको नारा डिजिटल ः आविष्कार र प्रविधिमा लैंगिक समानता भन्ने मूल नारा रहेको छ भने ‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारा तय गरेको छ । बुधबार बिहान कोहलपुर चौराहबाट र्याली सुरुगरिसाझा पुग्दै न्युरोडमा पुगेर भव्य कार्यक्रम गरि मनाईएको हो । प्रविधिमा समानता नभएसम्म लैंगिक विभेद अन्त्य नहुने कोहलपुर कार्यक्रमका सहभागि महिलाहश्रले बताएका छन् ।
दिवसको अवसरमा आयोजना गरिएको औपचारिक कार्यक्रममा बोल्ने महिलाहरुले डिजिटल दुनियाँलाई सुरक्षिता, थप सहभागितामूलक र समतामूलक बनाउनका लागि सबै देशका सरकार, अभियन्ता र निजी क्षेत्रलाई आग्रह गरेका छन् । घर भित्र र बाहिरको कामको जिम्मेवारीले महिलामाथि भार भने बढ्दै सहभागि महिलाहरुलेृ दुखेसो गरेका थिए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास अधिकृत ईश्वरी प्रसाद बि.क.ले डिजिटल शिक्षालाई पनि अघि बढाउनु पर्ने आवश्यक्ता रहेको बताए ।
पछिल्लो समयमा बढ्दै गएको प्रविधिको दुरुपयोगबाट महिलाविरुद्ध हुने हिंसालाई नियन्त्रण गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण हुन जरुरी रहेको बताए । महिला सशक्तीकरण र लैङ्गिक समानताका लागि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा अझै धेरै काम हुन बाँकी रहेको उल्लेख गरे । घटना शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम खनाल लगायतको सहभागिता रहेको थियो ।
संचारिका समूह बाँकेको पनि कार्यक्रममा सहभागिता रहेको थियो । समूहका कार्यवाहक अध्यक्ष सरला सुवेदी, सचिब पवित्रा परियार, धना के.सी., कल्पना कार्की, कल्पना शाही, अनिता विश्वकर्मा, आरती कट्टेल, शिवानी बि.क. लगायतको सहभागिता रहेको थियो । महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा काम गर्दै आएयो संचारिका समूहले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न दिवसले सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वास व्यक्त गरेको छ । समूहका पदाधिकारीहरुले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनिभूत बनाउन जरुरी भएको बताएका छन् ।
महिलाहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न दिवसले थप प्रेरणा प्रदान गर्ने समूहका पदाधिकारीहरुले उल्लेख गरेका छन् ।