कोहलपुर, फागुन २१,

गत फागुन ११ गतेदेखि सुरु भएको हात्ति पाईले विरुद्धको औषधी सेवन अभियान कोहलपुरमा तिव्र भैरहेको छ ।

कोहलपुर नगर स्वास्थ्य कार्यालयका कर्मचारीहरु स्थानीयको घरआँगन तथा टोल टोलमा पुगेर औषधी सेवन गराउँदै आएका छन् । हात्ति पाइले विरुद्ध खाने औषधी नछुटाउन कोहलपु नगर स्वास्थ्य चौकीका प्रकाश हमालले आग्रह गरेका छन् । हात्तीपाइले रोग भने नसर्ने तथा तत्काल मृत्यु नभएपनि रोगले भेटेपछि उपचार भने नहुने भएकाले मानिसलाई जीवनभर भद्धा शरीर लिएर बाँच्नुपर्ने अवस्था आउने हुँदा औषधी सेवन गर्न आग्रह गरेका हुन् ।

मानिसको शरीरमा यो रोग लागेर विकसित भएपछि उपचार नहुने भएकाले यस रोगलाई सुरुको अवस्थाबाटै नियन्त्रणमा ल्याउनु पर्ने उनको भनाई थियो । हमालसहितको टोली कोहलपुर नगरपालिका वडा नम्बर ११ का प्रत्येक घरमा गएर औषधी खुवाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.