कोहलपुर, फागुन २१,

बाँकेको नेपालगन्जमा मातृभाषा, बाल साहित्य र समालोचना सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर र सृजना कला साहित्य प्रतिष्ठान बाँकेको सयुक्त आयोजनामा परामर्श कार्यक्रम सम्पन्न भएको हो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेका अध्यक्ष कपिल अन्जानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख आतिथ्यता तथा प्रज्ञा परिषद सदस्य त्रैलोक्यमान बनेपाली र प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीको उपस्थितिमा कार्यक्रम भएको हो ।

उपकुलपति विमल निभा तथा प्राज्ञ त्रैलोक्यमान श्रेष्ठले आफूहरू सम्भावनाको खोजी गर्दै सपथ लिएपछिको पहिलो कार्यक्रमका रुपमा बाँके बर्दिया आएको बताएका छन् । कार्यक्रममा बाल सहित्यका बारेमा किरण आचार्यले चर्चा गरेका थिए । भने समालोचनाका बारेमा इश्वरी प्रसाद रिजाल र ऊर्दू तथा अवधी भाषा साहित्यका बारेमा क्रमशः सरवर नेपाली र सचितानन्द चौवेले जानकारी गराएका थिए । प्राज्ञ प्रतिष्ठानका प्रज्ञा सभा सदस्यहरू महानन्द ढकाल र शशिराम कार्कीले आफूहरूले यस क्षेत्रको भाषा साहित्यको विकासका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा प्रा.डा. गोपाल प्रसाद अधिकारी, प्रा.डा. जनार्दन आचार्य, अब्दुल लतिफ शौंक र खगेन्द्र गिरी कोपिला, बलराम यादव लगायत मणि अर्याल, सुमित्रा न्यौपाने, चरित्रा शाह, जमिल हासमी, मस्तफा हसन, पुष्पमणि प्रधान, हिरालाल चिन्तक, बिक्रम शिशिर, विपि अस्तु, लेक प्रसाद प्याकुरेल, भिम बहादुर शाही, बोधराज प्याकुरेल, पंकज श्रेष्ठ, कल्पना खरेल, ललित प्रकाश चन्द, लक्ष्मी बस्याल, पुष्षा भट्टराई, सुदिप भट्टराई, पवन जैसवाल, उषातानी सुवेदीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उपप्रध्यापक विष्णु के.सी. ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.