कोहलपुर, फागुन २१,

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ दिने क्लिनिकल ट्रेनिङ स्किल तालिम सुरु भएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटवलको आयोजनमा आईतबारदेखि तालिम सुरु भएको हो । प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटवलका निमित्त निर्देशक नोद नारायण चौधरीको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रका प्रमुख अतिथी नेपालगन्ज मेडिकल कलेजका सिओ–सुनिल कुमार सिंह रहेका थिए । प्रमुख अस्पताल नर्सिङ, प्रमुख प्रशासक भेरी अस्पतालका दुर्गा लक्ष्मी श्रेष्ठ विशिष्ट अतिथि रहेका थिए ।

स्वास्थ्यसम्बन्धि तालिमहरु कसरी संचालन गर्ने भन्ने बारे सहभागी चिकित्सकहरुले जानकारी पाउने प्रदेश स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक चौधरीले बताए । कार्यक्रम संयोजक, वरिष्ठ नर्सिङ अधिकृत नेहा थापाले तालिमको सहजीकरण गरेकी थिइन् । लुम्बिनी प्रदेश अन्तरगतका विभिन्न ट्रेनिङ साइटमा कार्यरत १३ जना चिकित्सक र नर्सहरु तालिममा सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published.