कोहलपुर, फागुन २०,

११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ ।

कोहलपुर न्युरोडमा शुक्तबार दीप प्रज्वलन गरिएको हो । लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको विस्तार भन्ने मुल राष्ट्रिय नारासहित कोहलपुर नगरपालिकाको आयोजनामा दीप प्रज्वलन गरिएको हो । दीप कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी थिईन् ।

सुवेदीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणका क्षेत्रमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको बताईन् । उनले देशको विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिला दिदीबहिनीहरुको समान सहभागिता अत्यन्त जरुरी रहेको बताईन् ।

सुवेदीले कोहलपुर नगरपालिकाले महिलाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गर्दै आएको बताईन् । विशेष गरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नु आवश्यक रहेको उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published.