सिवानी बि.क,
कोहलपु फागुन १९,

खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी सिकाई आदान एवम् पैरवी सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा गरीएको छ ।

नागरीकलाई स्वच्छ खानेपानीको पहुँचमा पु¥याउने उद्देश्यका साथ खानेपानी तथा सरफाई सम्बन्धि कार्यक्रम गरिएको हो । बैजनाथ गाउँपालिकाका स्थानीय जनताहरुलाई दुई वर्ष भित्रमा खानेपानीको सुबिधा दिने बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले बताएकी छन् । बैजनाथ गाउँपालिकाले खानेपानी तथा सरसफाई सम्बन्धि नीति तथा कार्यविधि बनाएर खानेपानीको क्षेत्रमा काम गर्दै आईरहेको बताईन् ।

उनले पहिलेदेखि नै संचालनमा नआएका ट्याङ्कीहरु संचालनका लागि खोनेपानी डिभिजन कार्यालयसँग समन्वय भैरहेको बताईन् । विभिन्न संस्थाहरुसँग समन्वय गरेर आफुहरुले काम गरिरहेको बताउँदै संघ–संस्थासँगको समन्वयका लागि ऐनसमेत बनाएको बताईन् । कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तप्तराज आचार्यले बैजनाथ गाउँपालिकाले प्रत्येक वडामा खानेपानीको पाईपलाईन बिस्तारको काम गरिरहेको बताए । संचालनमा नआएका पुराना खानेपानीका ट्याकीहरुलाई सफा गरेर संचालनमा ल्याउने लगायतका कामहरु गरिहेको बताए । खानेपानीका क्षेत्रमा लुमन्ती लगायत विभिन्न संघ–संस्थाहरुले सहयोग गरिरहेको बताए ।

बैजनाथ गाउँपालिका जनताहरुलाई स्वच्छ पिउने पानी उपलब्ध गराउने उद्देश्यका साथ पछिल्लो समय काम गरिरहेको र पानी परिक्षण समेत भईरहेको आचार्यले बताए । हाल खानेपानीका विभिन्न समिति तथा उपसमितिहरुसँग सहकार्य गरेर पालिकाले काम गरिरहेको बताएका छन् । कार्यक्रममा लुमन्ती कार्यक्रम संयोजक सुर्य कुमार खड्का, सहकर्मी समाज कार्यक्रम संयोजक राजाराम गुप्ता, खानेपानी डिभिजन कार्यालय प्रमुख तिलक न्यौपाने, गेरुवा ग्रामिण जागरण संघ बर्दियाका फिल्ड अधिकृत मनिष श्रेष्ठ, एनएफ सिसिका सुशिल आचार्य, सिआई युडि परियोजना संयोजक शिव श्रेष्ठ लगायतले कार्यक्रममा आफ्नो प्रस्तुती राखेका थिए भने कार्यक्रममा सर्घष रोज गु्रपका बारेमा तुल्सी सुनारले आफ्नो प्रस्तुती राखेकी थिईन् ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न १ का वडा अध्यक्ष रुप बहादुर मल्ल, २ वडा अध्यक्ष राजु रुचाल, ३ वडा अध्यक्ष लिखिल बैगार, ४ वडा अध्यक्ष प्रेश शाही, ५ वडा अध्यक्ष देब बहादुर रावत, ६ वडा अध्यक्ष भुपाल पुन, ७ वडा अध्यक्ष दिनेश थारु, ८ वडा अध्यक्ष भगन थारु, लगायत स्वास्थ्य संस्थाका प्रतिनिधि, खानेपानी संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.