शिवानी बि.क.,
कोहलपुर, फागुन १९,

बाँकेको कोहलपुर नगरपालिका वडा नं २ मा रहेको संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाले मर्यादित व्यवसाय, प्राविधि मैत्री सहकारी भन्ने मुल नाराका साथ आफ्नो १६ औँ स्थापना दिवस मनाएको छ ।

कार्यालयका अध्यक्ष्य जानकी सुनारको अध्यक्षतामा भएको कार्यक्रम संस्थाको सभाहलमा स्थापना दिवस मनाएको थियो । संस्थाले आर्थिक कारोबार गरि बिपन्न तथा आर्थिक रुपले पछाडी पारिएको समुदायको आर्थिक जिबनस्तर सुधारका लागि महत्वपुर्ण भुमिका निवार्ह गरेको अध्यक्ष सुनारले जानकारी दिईन् । कार्यक्रममा बोल्दै सहकारी व्यवस्थापक तुलसी सुनारले गरिब तथा विपन्न वर्गहरुको आर्थिक विकासको माध्यम भएको उल्लेख गर्दै आगामी दिनमा अझै महिलाको जीवन स्तरमा परिवर्तन गर्ने र महिलाबाट संञ्चालित सहकारी संस्थालाई राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिएको सुनारले बताएकी हुन् ।

२०६३ सालमा स्थापना भएको सहकारी संस्थाले विभिन्न समस्याहरुलाई पार गदै आफ्नो १६ औ स्थापना दिवस मनाउन सफल भएको उनले बताईन् । सहकारी संस्थाले बाल बचत, दम्पत्ति बचत, जेष्ठ नागरिक बचत गर्दै आएको छ । २ हजार, ७ सय, १८ जना शेयर सदस्य रहेकोमा १२ करोड रुपैया लागत रहेको व्यवस्थापक तुलसी सुनारले जानकारी दिएकी हुन् । संस्थाले घरायसी काममा व्यस्त हुने १६ जना महिलाहरुलाई रोजगारी दिएको छ । सोहि कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, शेयर सदस्य, साधरण सदस्य, संचारकर्मी लगाएको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published.