बिधुत्मा रैका,
कोहलपुर, फागुन १९,
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेले नव नियुक्त उपकुलपतिसहितका प्राज्ञहरुलाई बधाई, स्वागत तथा शुभकामना कार्यक्रम गरेको ।
प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षमातामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिमल निभा प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा प्राज्ञहरुलाई पूर्णिमाका सदस्य तथा साहित्यकारहरुले स्वागत, सम्मान तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । सहभागीहरुले नवजनिर्वाचित प्राज्ञहरुलाई साहित्यकारको माग र चाहना तथा विकासको आवश्यकताको आधारमा योजना बनाएर काम गर्न सुझाव दिए ।
प्रमुख अतिथी निभाले नेपाली साहित्यलाई फलाउन र विकास गर्नका लागि प्रज्ञा प्रतिष्ठानको पहलमा साहित्य साहित्यको विकासमा जोड दिने बताए । उनले हाम्रो पूर्णिमालाई विषेश ध्यानमा राखेर काम गर्ने उल्लेख गरे । उनले प्रतिष्ठानले साहित्यकार, कला, संस्कृति तथा कलाकारहरुले क्षमता प्रदर्शनका लागि काम गर्ने बताए । प्रज्ञा प्रतिष्ठानका त्रैलोक्यमान बनेपाली, शशीराम कार्की, महानन्द ढकालले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रकाश मरासिनी, पूर्णिमाका उपाध्यक्ष सुमित्रा न्यौपाने, सहसचिब हेम प्रकाश मञ्जिल, साहित्यकार सागर गैरे, अञ्जु न्यौपाने, कवि नविन अभिलाषी, चन्द्रावती अधिकारी, एकराज शर्मा, विक्रम चन्द शिशिर, उत्सव काफ्ले, पत्रकार संगीन शर्मा, सरला सुवेदी, लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पूर्णिमाका सचिब बद्री ढकाल हिरामणीले गरेका थिए ।