बिधुत्मा रैका,
कोहलपुर, फागुन १८,
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाका प्रत्येक घरमा स्वच्छ र शुद्ध खानेपानी पुर्याउने गरी स्थानीय सरकार लागिरहेको बताएका छन् ।
नगर प्रमुख आचार्यले नगरका हरेक वासिन्दाको घरमा खानेपानी विस्तार भएको र बाँकी रहेका घर टोलहरुमा खानेपानी विस्तार गर्ने विभिन्न नीति तथा योजना अगाडि सारेको बताएका हुन् । खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी सिकाई आदान एवम् पैरवी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै आचार्यले नगरका हरेक वस्तीमा खानेपानीको पहुच पुगेको बताए । उनले खानपानीको पहुँच नभएका सबै नागरिकलाई छिट्टै नै खानेपानी उपलब्ध गराउने जानकारी दिए ।
नगरप्रमुख आचार्यले छात्र तथा छात्रामैत्री, बालबालिका तथा अपाङ्गमैत्री सौचालय निर्माणका लागि स्थानीय सरकार जिम्मेवार रहेको बताउँदै छात्राहरु महिनावारी भएको समयमा उनीहरुका समस्याहरुको व्यवस्थापनमा लाग्ने बताए । स्थानीय सरकार एक घर एक धाराको नीतिलाई अवलम्वन गर्ने प्रणयमा रहेको जानकारी दिए । सामाजिक विकास शाखा संयोजक ईश्वरी प्रसाद बि।क।ले नगर क्षेत्रका घर तथा विद्यालयहरुका स्वच्छ खानेपानी पुर्याउन नसके पनि खानेपानीको सुविधा स्थानीय सरकारकोको समन्वयमा व्यवस्थापन गरेको बताएका छन् ।
उनले यहाँका हरेक नागरिक तथा विद्यार्थीहरुका लागि स्वच्छ खानेपानीको सुविधा दिन सममाजिक विकास शाखा प्रतिबद्ध रहेको बताए । बि।क।ले आफूले यहाँका सामुदायिक विद्यालय तथा घरघरमा खानेपानी आयोजनाको अनुगमन गर्दै गर्दै आएको बताउँदैं आधारभूत तहको स्वच्छ खानेपानी पुर्याउने लक्ष्य रहेको उल्लेख गरे । प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले कोहलपुर नगरपालिका खानेपानी तथा सौचालय व्यवस्थापनका लागि नीति तथा कार्यक्रमका साथ काम गर्दै आईरहेको बताए । अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले स्वच्छ र सफा खानेपानी प्रयोग गर्न पाउने नागरिकको अधिकार सुरक्षित भएको बताए ।
ढकालले खानेपानीको समस्यमा रहेका नागरिकको अधिकार सुरक्षित गर्नको लागि बोहलपुर नगरपालिकाले गरेको काम निकै प्रसंसनीय रहेको तर्क गरे । उनले बाँकी समस्या पनि नगरपालिकाले चाडै समाधान गर्ने बताए । उनले खानेपानी आयोजनाले स्थानीयको जीवनशैलीमा परिवर्तन ल्याएको बताए । स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठुकुरी, वातावण शाखा अधिकृत सुभाष पौडेल लगायतले अन्तरक्रिया कार्यक्रममा सोधिएका प्रश्नको जवाफ दिएका थिए ।
कार्यक्रममा बोल्दै जनज्ञानज्योति माद्यामिक विद्यालयका प्रधानाध्यापक सुमित्रा न्यौपानेले आफ्नो विद्यालयमा प्रशस्त मात्रामा विद्यार्थीलाई पुग्ने सौचालय नभएको बताईकी थिईन् । विद्यालयमा विषेश गरी छात्राहरुलाई असहज हुने गरेको बताईन् । उनले बजेट अभावका कारण छुट्टै सरसफाई गर्ने कर्मचारी राख्न नसकेको भन्दै सौचालय सरसफाईमा समस्या आईरहेको बताईन् । जसका कारण विद्यार्थीहरु विद्यालयको भन्दा पनि बाहिर तथा घर नजिक हुनेहरु आफ्नो घर जान खोज्ने गुनासो गरिन् । उनले शिक्षक शिक्षिकाहरुका लागि निर्मित सौचालय विद्यार्थीलाई प्रयोग गर्नै दिनुपर्ने बाध्यता रहेको बताईन् ।
जनचेतना आधारभुत विद्यालयका प्रधानाध्यापक पवित्रा घिमिरेले पनि यस्तै गुनासो गरिकी थ्रिईन् । पानीको व्यवस्थापन नहुदा पिउनदेखि सौचालयसम्मका समस्या सुनाएकी थिईन् । अन्तरक्रिया कार्यक्रममा जवाफदेही बन्नुभएका सरोकारसवालाहरुले कार्यक्रममा उठेका समस्याहरुको समाधानका लागि यथासक्य पहल गरिने बताएका छन् । लुमन्ती कार्यक्रम संयोजक सुर्य कुमार खड्का, सहकर्मी समाज कार्यक्रम संयोजक राजाराम गुप्ता, खानेपानी डिभिजन कार्यालय प्रमुख तिलक न्यौपाने, गेरुवा ग्रामिण जागरण संघ बर्दियाका फिल्ड अधिकृत मनिष श्रेष्ठ, एनएफ सिसिका सुशिल आचार्य, सिआई युडि परियोजना संयोजक शिव श्रेष्ठ लगायतले कार्यक्रममा आफ्नो प्रस्तुती राखेका थिए ।
गेरुवा ग्रामिण जागरण संघ बर्दियाका कार्यकारी निर्देशक हरी सुवेदीले संचालन गरेको अन्तरक्रिया कार्यक्रमको सहजिकरण संचारकर्मी पवित्रा परियारले गरेकी थिईन् । कार्यक्रममा यस क्षेत्रका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, पत्रकारहरुको सहभागिता रहेको थियो ।