बिधुत्मा रैका,
कोहलपुर, फागुन १८,
पालिका स्तरीय नियमित खोप समिक्षा, सुक्ष्म योजना तथा सरसफाई प्रवद्र्धन सम्बन्धिको दुई दिने कार्यक्रम सुरु भएको छ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तरगत कोहलपुर नगरपालिकाको वडा नम्बर २ मनकामना चोकमा कार्यक्रम सुरु भएको हो । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर स्वास्थ्य शाखाको सहजिकरणमा कार्यक्रमको आयोजना गरिएको हो । स्वास्थ्य शाख ा प्रमुख सेनको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्ला खोप फोकल प्रसन नरेश बाबु श्रेष्ठ तथा खोप अधिकृत जनक गिरीले गरिरहेका छन् ।
कार्यक्रमको सहजकरण गर्दै श्रेष्ठले बाँके जिल्ला सहित कोहलपुर नगरपालिकामा ‘नियमित खोप सेवामार्फत सरसफाई प्रर्वद्धन कार्यक्रम’ प्रभावकारी बन्दै गएको बताएका छन् । श्रेष्ठले नियमित खोप समिक्षा, सुक्ष्म योजना तथा सरसफाई प्रवद्र्धन कार्यक्रमलाई सफल बनाउन अझै सुधार आवश्यक रहेको बताएका हुन् । पाँच वर्ष मुनीका तथा खोप लगाउनु पर्ने शिशुका आमाहरुलाई स्वास्थ्य स्वयंसेविका मार्फत सरसफाइमा कसरी ध्यान दिलाउन सकिन्छ भन्ने उद्देश्यले खोप लगाउँदै आएका कर्मचारीहरुसँग यो कार्यक्रम गरिएको हो ।
‘छोटो समयमै प्रभावकारी बन्दै गएको नियमित खोप कार्यक्रममा सरसफाइ प्रवद्र्धनका कुरालाई दीर्घकालीन रुपमा लागू गर्नका लागि कार्यक्रम संचालन भैरहेको शाखा प्रमुख सेनले बताए । पालिकामा नियमित खोपको अवस्था, सरसफाइ, पुर्ण खोपको दिगोपना र प्रवद्र्धन लगायतका बिषयमा छलफल भैरहेको छ ।