कोहलपुर, फागुन १७,

जिल्ला निर्वाचन कार्यालय बाँकेले राजनीतिक दल एवं सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रम अन्तरगत राजनीतिक दल एवं सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र के.सी. को अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले कार्यक्रमबारे जानकारी गराईन् ।

कार्यक्रममा २०७९ फागुन २२ गते प्रकाशित हुने मतदाता संख्याको तथ्याङ्क प्रस्तुत गरिएको थियो । जस अन्तरगत बाँके जिल्ला प्रतिनिधि सभा तथा प्रदेश सभा क्षेत्र नम्बर १ मा महिला, पुरुष तथा अन्य गरि ५५९१५, प्रतिनिधि सभा १ तथा प्रदेश सभा २ मा ६५३७३, प्रतिनिधि सभा २ तथा प्रदेश सभा १ मा ५०३७३, प्रतिनिधि २ सभा तथा प्रदेश सभा २ मा ४७५७३, प्रतिनिधि सभा ३ तथा प्रदेश सभा १ मा ६१६६९ र प्रतिनिधि सभा ३ तथा प्रदेश २ मा ५१७९८ रहेका छन् ।

मतदाता अद्यावधिक, (दावी विरोधसमेत) कार्यक्रम २०७९ को लागि फागुन २२ गते प्रकाशित हुने जम्मा मतदाता संख्या ३३२७०४ रहेको तथ्याङ्कमा उल्लेख छ । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का मतदाता संख्या ३३२७०४, हालसम्म निवेदन प्राप्त भई हटाईएका संख्या ५७८३ रहेको कार्यक्रममा जानकारी गराईएको थियो । मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रम २०७९ देहायका क्रियाकलापसहित संचालन हुने हुँदा सबैलाई जानकारी गराईएको छ ।

Leave a Reply

Your email address will not be published.