आरती कट्टेल, कोहलपुर, फागुन १२,

बाँकेका सबै पालिकामा हात्तिपाईले फाईलेरियाको औषधी सेवन भैरहेको छ ।

बिहीबारदेखि सुरु भएको औषधी सेवन अभियान शुक्रबार पनि स्थानीय नागरिकहरुलाई औषधी सेवन गराईदैं छ । कोहलपुरका सबै वडामा पनि हात्तिपाईलेको औषधी सेवन गराईदैं । बाँकेका ७ पालिकामा ५२ हजार बढिले हात्तीपाइले औषधी सेवन गरेका स्वास्थ्य कार्यालउ बाँकेले जनाएको छ ।

बाँके लगायत विभिन्न २५ जिल्लामा विहिबारदेखि हात्तीपाइले रोग विरुद्धको औषधी स्वास्थयकर्मीहरुले विद्यालय, बुथ केन्द्र र घरदैलोमा खुवाइरहेका छन् । बाँकेमा पहिलो दिनमा नेपालगञ्ज, कोहलपुर, खजुरा, डुडुवा, जानकी र बैजनाथमा ५२ हजार ४ सय ५९ जनाले सेवन गरेको स्वास्थ्य कार्यालय बाँकेको भनाई छ ।

हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन प्रत्येक वडा, पालिका, स्वास्थ्यचौकी, बुथ केन्द्र, विद्यालय र घरदैलामा १० दिनसम्म स्वास्थ्यकर्मीहरु ८ पालिकामा नै खटिने छन् । आफ्नो पायक पर्ने क्षेत्रमा गई औषधी सेवन गर्नका लागि स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published.