आरती कट्टेल, कोहलपुर, फागुन १२,

नेपाल विद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्र एकद्वार सेवा प्रवाह तथा वातानुकुलित ग्राहक प्रतिक्षालय भवन उद्घाटन गरेको छ ।

शुक्रवार कोहलपुर वितरण केन्द्रमा एक कार्यक्रमका बिच नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख हरि प्रसाद पाण्डेले भवनको उद्घाटन गरेका हुन् । गर्मि समयको बेला सेवाग्राहिको हुने समस्यालाई मध्यनजर गर्दै वातानुकुलित ग्राहक प्रतिक्षालय भवनको निर्माण गरिएको वितरण केन्द्र प्रमुख तथा उद्घाटन कार्यक्रमका अध्यक्ष सुरज रेग्मीले बताएका छन् ।

करीब ७३ लाख बढिको लागतमा निर्माण गरिएको उक्त प्रतिक्षालय तथा भवनमा रहेर विद्युत प्राधिकरणले आफनै सबै सेवाहरु आफनै भवनबाट दिने भएको छ । यस अधि प्राधिकरण भाडाको घरबाट समेत सेवा दिदै आएको थियो । पछिल्लो समय प्रविधिको विकास कोहलपुर विद्युत वितरण केन्द्रले समयसरी आफ्नो सेवामा विस्तार गर्दै आएको भाइराजा श्रीवास्तवले बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले विद्युत चुवाहटदेखि अन्य विद्युतीय सेवाहरु छिटो छरितोको लागि आफुहरु प्रतिबद्ध रहेको बताएका छन् । कार्यक्रममा प्रतिक्षालय उद्घाटन पश्चात सेवा लिन आएका सेवाग्राहि तीन जनालाई खादा सहित सम्मान गरेको कार्यक्रममा प्राधिकरणका कर्मचारी, पत्रकार, सेवाग्राहिहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published.