कोहलपुर, फागुन १०,
नेकपा दक्षिण कर्णाली ब्युरो ईन्चार्ज संगम सी.ले गाउँमा लघुवित्त र शहरमा मिटर व्याजीको अत्यचारका विरुद्ध निर्मम संघर्ष गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी बाँकेले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख अतिथी रहेका संगमले लघुवित्त र शहरमा मिटर ब्याजीका पीडित समुदायलाई न्याय दिने बताएका छन् । कार्यक्रममा पत्रकारका जिज्ञासाको जवाफ दिँदै उनले अबको देशको जिम्मेवार पार्टी नेकपा नै रहेको जिकिर गरे । दलाल पुँजिवादको पंन्जाबाट नेपाललाई मुक्त गर्दै नेकपाको नेतृत्वमा वैज्ञानिक समाजवाद ल्याएरै छाड्ने ठोकुवा गरे । उनले भने,–‘छ महिने अभियानको मुख्य उद्देश्य भनेको पार्टी र नेतृत्वलाई जनतासँंग जोड्ने लगायत बाँके जिल्लामा संगठन विस्तार गर्ने रहेको छ ।’
नेपालगंज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको पत्रकार सम्मेलनमा जिल्ला ईन्चार्ज रणदिपले जिल्लाको बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्दै ६ महिने अभियान संचालन गर्ने र मिटर ब्याजी र लघुवित्तीय संस्थाको अत्याचारका विरुद्ध कडा संघर्ष गर्ने जानकारी दिए । उनले केही लघुवित्तीय संस्थाको नाम सार्वजनिक समेत गरेका थिए ।
जिल्ला सेक्रेटरी कल्पना सीले कार्यक्रमको संचालन गरेकी थिईन् । कार्यक्रममा यहाँका क्रियासिल पत्रकारहरुको सहभागीता रहेको थियो ।