कोहलपुर, फागुन १०,
कोहलपुरमा शुक्रबारबाट सुरु भएको लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ मा बुधबार विभिन्न चिरपरिचित कलाकारहरुको आगमन हुने भएको छ ।
चर्चित लोक दोहोरी गायिका टिका पुन, गायक प्रकाश सपुत, राज कुश्मी तथा डान्सर सुनिता दहित आउने भएका छन् । महोत्सव संचालक कोष खड्का तथा सितल शर्माका साथ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । गएको मंगलबार ‘लुम्बिनी प्रादेशिक महोत्सव २०७९ मा राष्ट्रिय बाल लगायत अन्य चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती राखेका थिए दर्शकहरुको उल्लेख्य सहभागितामा बाल गायक सुप्रिम मल्ल, लोक दोहोरी गायक राम जी खाँड, टंक तिमिल्सेना तथा सपना मल्लका साथमा दर्शकहरु रमाएका थिए ।
महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतिमा दर्शकहरू उत्साह पूर्वक झुमेका थिए । महोत्सवको पाँचौं दिन महोत्सव अवलोकन गर्न आएका दर्शक गीतसंगीतमा झुमेका हुन् । यसअघि समेत राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिमा दर्शकले भरपुर साथ दिएका थिए । मंगलबार दर्शकदीर्घामा नाच्दै कम्मर मर्काउँदै गायक खाँड, तिमिल्सेना, बाल गायक मल्ल तथा शाही लगायतका कलाकारहरुका गीतमा दर्शकहरू रमाएका छन् ।
गायक खाँडले आफ्ना विभिन्न लोक दोहोरी गीतहरुमार्फत दर्शकलाई नचाएका थिए । गायक टंक तिमिल्सेनाले पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । तिमिल्सेनाले युवापुस्तालाई नचाए । उनका सुपरहिट गीतहरुले दर्शकहरुलाई मनारेञ्जन दिए । यस्तै बाल गायक सुप्रिम मल्ल ठकुरीले पनि दर्शकहरुलाई मनोरञ्जन प्रदान गरे । महोत्सवको पाँचौं दिनसम्म अहिलेसम्म २ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । महोत्सव सञ्चालन भएको पाँचौ दिनसम्म कूल २ करोड ५० लाख रुपैयाँ भएको हो ।
आयोजक कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले महोत्सवको पाँचौ दिन १ करोड ३० लाख कारोबार भएको जानकारी दिए । उनका अनुसार पाँचौ दिन कूल १८ हजार टिकट बिक्रि भएको छ । अन्यसहित २० हजार जनाले महोत्सव अवलोकन गरेका छन् । यही फागुन ५ गतेबाट सुरु भएको महोत्सवमा मंगलबार हालसम्म १ करोड २० लाख कारोबार भयो । अहिलेसम्म कूल ४४ हजार बढी दर्शकले महोत्सव अवलोकन गरे ।
महोत्सवमा ५ करोडको आर्थिक करोबार हुने अनुमान गरिएको छ । यस्तै ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । चौथोदिन दिन ८ हजार दर्शकले महोत्सव अवलोकन गरेका थिए । महोत्सवको दोस्रो दिन ५ हजारले अवलोकन गरेका थिए । ३० लाख कारोबार भएको थियो । तेस्रो दिन ९ हजारले गरे अवलोकन गरेका थिए भने ५५ लाख कारोबार भएको थियो । महोत्सव मूल आयोजक समितिका अध्यक्ष पौडेलका अनुसार चौथो दिन महोत्सवमा कूल ३५ लाख कारोबार भएको थियो ।
‘महोत्सव उत्साहजक रुपमा भइरहेको छ । दर्शकहरुको संख्यापनि बढिरहेको छ, अन्य निर्माणका कामपनि सकिएका छन्, अपेक्षाकृत रुपमा महोत्सव सञ्चालन भइरहेको छ,’ पौडेलले भने । केही अपुग रहेका संरचना समेत निर्माण सम्पन्न भएकोले अझै बढी दर्शकको उपस्थिती रहने र कारोबार पनि बढ्ने उनको अपेक्षा छ ।
कोहलपुर उद्योग वाणिज्य संघको बहुआयमिक भवन निर्माणार्थ कोहलपुरमा पहिलो पटक लुम्बिनी प्रदेश स्तरीय महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा चौथो दिनबाट विद्यालय स्तरीय सामुहिक नृत्य प्रतियोगितासमेत सुरु भएको छ । प्रतियोगितामा २० विद्यालय सहभागी छन् । प्रतियोगिताको पहिलो दिन चार विद्यालयले प्रस्तुती दिएका थिए । महोत्सवमा २ सय ५० स्टल राखिएका छन् । संघका महोत्सव आगामी फागुन १३ गतेसम्म सञ्चालन हुने महासचिव मातृका सापकोटाले जानकारी दिए ।