बिधुत्मा रैका, कोहलपुर, फागुन ९,

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक डिएसपी सुन्दर तिवारीले आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन प्रहरी प्रतिवद्ध रहेको बताएका छन् ।

प्रहरी नायव उपरीक्षक तिवारीले कोहलपुर लगायत आफ्नो सिमाक्षेत्रभित्रका सबै नागरिकहरुलाई शान्तिसुरक्षाको प्रत्याभुति दिलाउनु प्रहरी संगठनको कर्तव्य भएकोले आफूहरु उक्त जिम्मेवारीलाई पुरा गर्न प्रतिवद्ध रहेको बताए । उनले भने,–‘आफ्नो कार्यक्षेत्रमा शान्तिसुरक्षाको व्यवस्था मिलाउन हामी प्रतिवद्ध छौं । चोरी तस्करी, लागु औषध कारोबार, दुव्र्यसनी लगायतका गतिविधिहरु नियन्त्रण गर्न पनि हामीले नियमित चेकजाँच तथा गस्तीलाई निरन्तरता दिने विश्वास दिलाउछौं ।’

डिएसपी तिवारीका अनुसार यहाँको सबैभन्दा जटिल समस्याका रुपमा रहेको लागुऔषध दुव्र्यसन तथा ओसारपसारलाई निरुत्साहित पार्दै नियन्त्रण गर्ने, सडक सुरक्षा सचेतना तथा सवारी दुर्घटना न्युनिकरण, महिला तथा बालबालिका विरुद्धका अपराधमा सचेतना तथा न्युनिकरण, साइबर सचेतना, आत्महत्या न्युनिकरण लगायतका क्षेत्रमा ईलाका प्रहरी कार्यालयले योजना बनाएको छ । उनले प्रहरीले नागरिक मैत्री व्यवहार अपनाउनका लागि विभिन्न कार्यक्रमहरुको शुरुवात गरेको जानकारी दिँदै उनले अपराधविहिन वातावरणको सिर्जना गर्नका लागि आफूहरुले सक्दो प्रयास गर्ने बताए ।

प्रहरी संगठनलाई जनताको संगठनको रुपमा स्थापित गर्ने योजनाका साथ काम गर्ने बताउदै डिएसपी तिवारीले आबश्यक सूचना र सहयोगका लागि आग्रह गरे । नागरिकको सुरक्षाको लागी अहोरात्र खटिएकोे प्रहरीले नागरिक सुरक्षामा महत्वपुर्ण भुमिका खेल्ने धारणा व्यक्त गरे । मंगलबार इआवाज डट कमसँगै कुरा गर्दै तिवारीले शान्तिसुरक्षा, अपराध नियन्त्रण, लागु पदार्थ ओसारपसार, मानव बेचविखन, लैगिंक हिंसा नियन्त्रणमा प्रहरीले प्रहरीकोे महत्वपुर्ण भमिका हुने बताएका हुन् । लैङ्गिक हिंसा, दुव्र्यवहार, महिला विरूद्घ हुने सम्पूर्ण हिंसा अन्त्य गर्न सबैले आवज उठाएमा मात्र अत्य हुने बताए ।

उनी भन्छन्,–‘हामी प्रहरी जनताको शान्ति सुरक्षाका लागि खटिएका हौं । हामीले आम जनतालाई गर्ने व्यवहार शिष्ट हुनुपर्दछ । हामी कानुन कार्यान्वयन गराउने क्रममा निर्मम तरिकाले पक्षपात नगरी सबैलाई समानरूपमा प्रस्तुत हुँदैं आएका छौं ।’ डिएसपी ऐन बहादुर मल्लको सरुवा भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुखको रुपमा डिएसपी तिवारी आएका छ्न । यस भन्दा अघि उनी कास्की जिल्लाको प्रवक्ता थिए ।

Leave a Reply

Your email address will not be published.