कोहलपुर, फागुन ९,
कोहलपुर उद्योग वाणिज्य संघ बाँकेले उद्योग तथा आपुर्ति मन्त्री दमोदर भण्डारीसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
देशका विभिन्न स्थानका औद्योगिक क्षेत्रको अनुगमन गरिरहेका उद्योग मन्त्री भण्डारीले बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको पनि अनुगमन गरेका छन् । अनुगमन पश्चात् मन्त्री भण्डारीसँग कोहलपुरमा अन्तरक्रिया गरिएको हो । कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मण राज पौडेलको अध्यक्षमा भएको अन्तरक्रिया कार्यक्रममा कोहलपुरका व्यवसायीहरुले आफ्ना जिज्ञासा राखेका थिए ।
व्यवसायीक समस्याहरुलाई छिटो भन्दा छिटो समाधान गर्न आग्रह गरे । सहभागिहरुले व्यवसायी दुब्लाउने बैंकर्सहरु मोटाउने प्रवृति बढेकाले व्यवसायीहरु धरासाही हुनु पर्ने अवस्था आएको बताउँदैं कार्यक्रमका सहभागिहरुले व्यवसाय देशको आर्थिक मेरुदण्डको रुपमा रहेकाले चर्काे व्याजदर लगायतका समस्याहरु समाधान गर्न सुझाव दिए । मन्त्री भण्डारीले उद्योग÷व्यवसायको अवस्था र समस्या स्थानीय स्तरमा पुगी जानकारी लिदैं साम्भावनायुक्त क्षेत्रको तत्काल कार्य संचालन गर्ने बताएका छन् । उनले सरकारको बजेट विनियोजन गरिसकेको नौवस्ता औद्योगिक क्षेत्रको काम अझै पनि सुरु हुन नसक्ने दुखद भएको बताए ।
उनले देशको अर्थतन्त्र सहज नभएको, आयातमा निर्भरता बढनुका साथै निर्यातको अपेक्षा पूरा गर्न नसकिएकोले व्यापार घाटा निम्त्याइरहेको बताए । आर्थिक विकासका आधार व्यवसाय तथा उद्योगहरुको प्रवद्र्घन र विकासमा आफूसहित सरकार दृढ भएर लाग्ने बताएका छन् । अन्तरक्रिया कार्यक्रममा उद्योग वाणिज्य संघको केन्द्रिय सदस्य चक्र अधिकारी लगायतले आफ्ना जिज्ञासा राखेका थिए ।
कोहलपुर उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष पौडेलले शिलान्यास भएको लामो समय बितिसक्दा पनि अहिलेसम्म नौवस्ता औद्योगिक क्षेत्रमा काम सुरु हुन नसकेको जानकारी गराएको छन् । राजनीतिक कारणले नौवस्ताको काम अगाडि बढ्न नसकेको उल्लेख गर्दै पौडेलले राजनीतिक दृष्टिले भन्दा पनि यहााको आर्थिक समृद्धिका लागि नौवस्ता औद्योगिक क्षेत्रको काम यथासक्क सुरु हुनुपर्नेमा जोड दिए ।