कोहलपुर, फागुन ७,

बाँकेको कोहलपुरमा जारी ‘लुम्बिनी प्रादेशिक महोत्सव २०७९ मा चौथो दिन सोमबार दर्शकहरु सांगीतिक महोलमा झुमेका छन् ।

अन्य दिनभन्दा निकै भरिभराउ बनेको महोत्सव स्थलमा चर्चित लोकदोहोरी गायक पशुपति शर्माले दर्शहरुलाई खुबै नचाए । उनले चर्चित गीतहरु नेपाल अमेरिका पनि यही, जापान पनि यही लगायत बोलका चर्चित गीतहरु गाए ।

कोहलपुरमा जारी महोत्सवमा दर्शकहरुले हरेक दिन सांगीतिक मज्जा लिईरहेका छन् । सोमबार चर्चित गायक शर्मासँगै ज्योति मगर, हाँस्य कलाकार सुबोध गौतम (एकदुमे), डान्सर रुविना अधिकारी लगायत स्थानीय कलाकारहरुले बेजोड प्रस्तुती देखाएको साँस्कृतिक संयोजक प्रदिप भट्राई जानकारी दिए ।

गायिका मगरले आफ्नो विभिन्न गीत मार्फत दर्शकलाई झुमाएकी थिईन् भने हाँस्य कलाकार एकदुमेले दर्शकलाई पेट मिचिमिचि हसाँएका थिए । महोत्सवको पाँचौं दिन राम जि खाँड, टंक तिमिल्सेना, सुप्रिम मल्ल लगायतका कलाकार आउने भएका छन् ।

Leave a Reply

Your email address will not be published.