कोहलपुर, फागुन ५,

लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर २०७९ को सम्पूर्ण तयारी पुरा भएको छ ।

कृषि पर्यटन, शिक्षा र उद्योगको आवश्यकता व्यवसायिक प्रतर्दन सँगै सामाजिक एकता भन्ने मुल नारासहित लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर– २०७९ को सम्पूर्ण तयारी पुरा भएको छ । कोहलपुर पर्यटन महोत्सवबाट यस क्षेत्रको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको व्यापार, व्यवसाय, उद्योग–धन्दा तथा उत्पादनको प्रवद्र्धन गर्नुका साथै स्थानीय कृषि, जडीबुटी, हस्तकला, पर्यटन लगायत अन्य पेशासँग सम्बन्धित विभिन्न पक्षको समुन्नती गरी स्थानीय जनताको क्रयशक्तिमा वृद्धि ल्याउन मद्दत गर्ने आयोजकले दावी गरेको छ ।

यहाँका विभिन्न राजनितिक दल, सरकारी निकाय, संघसंस्था, वित्तिय संस्था, शैक्षिक संस्था, धार्मिक स्थलहरु, जातिय समाजहरु र नागरिक समाज लगायत समग्र सबै पक्षको आपसी सद्भाव एवं समन्वय हुनेमा आफू विश्वस्त रहेको बताउँदै उद्योग वाणिज्य संघ तथा महोत्सव मुल आयोजक समिति अध्यक्ष लक्ष्मण राज पौडेलले सुन्दर नगरी कोहलपुरमा व्यापार मेला आयोजना गर्ने जमर्को गरेको बताए । महोत्सवलाई सफल बनाउन सहयोग गर्न पौडेलले आग्रह गरे । यस व्यापार मेला तथा प्रदर्शनीबाट कोहलपुर उद्योग व्यापार संघले करिव ५ करोड बरावरको आर्थिक कारोवार हुन सक्ने बताउँदै उनले करिब ३ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान रहेको उल्लेख गरे । महोत्सवबाट आम्दानी भई वचत हुन आउने रकमबाट संघको निर्माणाधिन बहुआयामिक भवनलाई भौतिक संरचनात्मक रूपमा सबल बनाउने प्रमुख लक्ष्य राखिएको जानकारी दिए ।

गएको बिहीबार साँझसम्म हालसम्म २ सय ५० स्टल बुकिंग भईसकेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ । बिहीबार साँझ गरिएको पत्रकार सम्मेलनमा मेला, महोत्सव भन्दा पृथक बनाउन महोत्सवमा नयाँ उद्योग खोल्न चाहनेहरु, विभिन्न कलेजमा अध्ययनरत बिबिजी तथा बिबिएसका विधार्थीहरुसँग स्थानीय राजस्व शाखा, घरेलु तथा साना उद्योग कार्यालय, आन्तिरिक राजस्व कार्यालय, सिए, बैकर्स प्रतिनिधीहरुसँग प्रतिष्ठित उद्योगपतिहरुसँग अन्तरक्रिया कार्यक्रम हरेक आयोजना गर्ने तथा विद्यालयहरुको सिफारिसमा विद्यालय पोशाकमा शिक्षक सहित हरेक दिन विहान १०–१२ बजेसम्म स्टलको अवलोकन भ्रमणको व्यवस्था मिलाइएको जानकारी गराईएको छ ।

लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुरले यस क्षेत्रको पर्यटकीय दृष्टिकोणबाट आम नागरीकहरुसम्म प्रचार–प्रसार गर्ने विकास र प्रवद्र्धनमा सहयोग पुग्ने, सामाजिक चेतनामा अभिवृद्धि जगाउने, स्थानीय तहमा भखरै स्थापना हुन लागिरहेका साना तथा मझौला खालका उद्योग धन्दाहरूलाई प्रोत्साहन र प्रवद्र्धनका लागि बजार बिस्तार, विकास गराउँदै सरलीकरण गर्ने महोत्सव मुल आयोजक समितिद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । स्थानीय तहमा रहेका कृषि, जडीवुटी, शैक्षिक गतिविधि तथा तिनीहरुलाई गुणस्तरीय बनाउँदै स्थानीय तहमै स्वरोजगार सिर्जना गर्नेगरी आर्थिक गतिविधिहरू बढाउँदै समग्र राष्ट्रिय अर्थतन्त्रमा सेवा पुयाउने महोत्सवले लक्ष्य लिएको छ ।

फागुन ५ गते शुक्रबार ९आज० देखि १३ गतेसम्म संचालन हुने महोत्सवको अहिले ११ बजे चौराहबाट स्थानीय झांकीसहित –यालि निकाल्दै महोत्सव स्थलमा पुगेर उद्घाटन गरिने आयोजकले जानकारी दिएको छ । कोहलपुर उद्योग वाणिज्य संघको बहु आयामिक निर्माणार्थ भवन निर्माणका लागि महोत्सवको आयोजना गरिएको हो । महोत्सवको समुद्घाटन कार्यक्रम लुम्बिनी प्रदेश वन तथा वातावरण माननिय मन्त्री दुर्गा प्रसाद चौधरीले गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published.