कोहलपुर, माघ २९,

नेपाल तेक्वान्दो संघ बाँकेको वार्षिक कार्यक्रम अनुसार बाँके जिल्ला तेक्वान्दो संघको तेक्वान्दोको सिनियर ग्रेडिङ्ग सम्पन्न भएको छ ।

जिल्ला भित्र संचालित २१ डोजाङ्गका खेलाडीको ग्रेडिङ्ग शनिबार सम्पन्न भएको हो । उक्त परिक्षामा रेड ब्ल्याक तर्फ १४ जना र ब्ल्याक बेल्ट २४ जना खेलाडी सहभागी भएका थिए । दोस्रो डानको परिक्षामा निसान कुमाइले दिएका थिए ।

नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य श्रीमान थापा मगर, जिल्ला अध्यक्ष प्रकाश लामिछाने र महेस थापाले परिक्षा लिएका थिए । परिक्षामा सहजिकरणको भुमिका प्रकाश बुढा, खडक सिंह, बलबहादुर ओलि र रामरति चौधरीले निर्वाह गरेका सबिच जङ्गवीर चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.