कोहलपुर, माघ २८,

बजेट खर्चको अबस्था स्थानीय तहमा पनि निराशाजनक देखिएको छ ।

चालू आर्थिक वर्ष सकिन करिब पाँच महिना मात्रै बाँकी हुँदा अधिकांस पालिकाले ३० प्रतिशत बजेट पनि खर्च गर्न सकेका छैनन् । त्यसमाथि विकास खर्चको अवस्था झनै चिन्ताजनक छ । अहिलेसम्म खर्च भएको बजेटमध्ये विकास बजेट १५ प्रतिशत हाराहारीमा देखिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा स्थानीय सरकारले करिब पाँच खर्ब रुपैयाँबराबरको बजेट ल्याएका छन् ।

तर, ७ महिनासम्म करिब एक खर्ब ८० अर्ब मात्रै खर्च भएको छ, जुन कुल बजेटकोकरिब ३० प्रतिशतहुन आउँछ।गएको आर्थिक वर्षमा स्थानीय सरकारले वार्षिक बजेटको करिब ५७ प्रतिशत मात्रै खर्च गरेका थिए भने पछिल्ला ३ वर्षको तथ्याङ्क हेर्दा औसत ७४.११ प्रतिशत मात्रै खर्च गर्न सकेका छन् । हरेक वर्ष स्थानीय सरकारको कुल बजेट बढ्दै गएको छ तर खर्च भने हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published.