काेहलपुर, माघ २८,
बाँकेकाे काेहलपुरमा घैंटाे डिलाउन्जकाे उद्घाटन गरिदैं छ ।
काेहलपुरकाे दशविगाहमा स्थापन गरिएकाे डिलाउन्जकाे नगर प्रमुख पूर्ण प्रसाद आचार्यले शनिबार दिउँसो ३ बजे उद्घाटन गर्ने भएका हुन् । काेहलपुरकाे ५ जना युवा उद्यमीहरुकाे सहकार्यमा डिउालन्जकाे स्थापना गरिएकाे हाे । एउटै छाना मुनि पार्टि प्यालेस सहितको हिमाली थकाली भान्सा घर, क्याफे, स्कुनर हाउस एबं लोक दोहरी सांझ सञ्चालन हुने गरि घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि.लाई सञ्चालमा ल्याउन लागेका हुन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै घैंटो डि. लाउन्ज एण्ड बार प्रा.लि.का सञ्चालकहरुले बाँके जिल्लामै पहिलो पल्ट यस्तो अत्याधुनिक रेष्टुरेण्ट सञ्चालनमा आउदै गरेको उनीहरुको दावि रहेको छ ।
कोहलपुर दशबिगाह पुर्वि गेटमा रहेको घैंटो डि. लाउन्ज एण्ड बारका ५ जना सञ्चालक सदस्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । रुद्र प्रसाद खनाल संयोजक रहेको घैंटो डि. लाउन्ज एण्ड बारमा अन्य सञ्चालक सदस्यहरुमा खेमराज शर्मा, सञ्दिप बानिया, सञ्जित वली र लक्ष्मण पौडेल रहेका छन ।
कोरनाको कहरको मारमा परेका ब्यबसायीहरुले पश्चिम नेपालको उदयमान शहर कोहलपुरमा नया स्वाद, संगित र खेलका साथ मनोरम बाताबरणमा पार्टि प्यालेसको समेत ब्यबस्था गरेका छन्। पुरानो होटल खरिद पश्चात एक करोड लागतमा निर्मित घैंटो डि. लाउण्ज एण्ड बार प्रा.लि.मा पारीवारीक वातावरण सहित लोक संस्कृतीको जर्गेना गर्दै मनोरम बाताबरणमा रमाउन चहानेहरुका निम्ति ओपनिङ्गका अबसरमा रु १५०० मा सिंगल प्याक तथा जोडिमा आउनेहरुलाई २५०० मा चिकेन चिल्लि, पनिर चिल्लि, डर्म सेट लगाएत घैंटो प्याकको ब्यबस्था रहेको छ ।
यसैगरि ओपनिङ्गका अबसरमा माघ २८ देखि फाल्गुण २ गते सम्म राष्ट्रिय कलाकारहरुले भरपुर मनोरञ्जन दिने सञ्चालक खेमराज शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । उनले माघ २८ गते इन्द्रेणीका छत्र शाहि र काजल जोशि आउने बताए । भने अन्य तीन दिन सम्म टिका पुन, दिपेन्द्र के.सि., गोपाल जिएम लगाएत राष्ट्रिय लोक दोहरीमा ख्याती प्राप्त कलाकारहरु आउने कार्यक्रम रहेको छ । अन्य दिनहरुमा स्थानिय कलाकारहरुलाई प्राथामिकतामा राखेको बताउदै सञ्चालकहरुले कलाकार उत्पादन र संरक्षण गर्दै सामाजिक उत्तरदायित्व समेत निभाउने जनाए ।
घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लिले अत्याधुनिक डेकोरेसनमा सञ्चालित उक्त रेष्टुरेण्टमा ४० बढिलाई रोजगार दिने बताएको छ भने दोहरी सांझलाई सभ्य रुपले सञ्चालन गर्न रु १००० को टोकन काटि सो बराबरको खाद्य पदार्थ मेनु अनुसार उपलब्ध गराउने जनाएको छ । साथै घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि ले कम्तिमा महिनाको एक पटक राष्ट्रिय कलाकारलाई निम्त्याएर कोहलपुरेहरुलाई मनोरञ्जन दिने जनाएको छ । घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि यौटा रेष्टुरेण्ट मात्र नभएर एउटा ब्राण्ड भएको सञ्चालहरुले दावी गरेका छन । यसले सुर्खेत, नेपालगञ्ज, बर्दिया लगाएत क्षेत्रमा आफना शाखा खोलि होटेल तथा पर्यापर्यटनलाई समेत जोडेर बहुआयामिक रुपमा सञ्चालन गरिने उद्धेश्य लिएको जनाईएको छ ।