कोहलपुर, माघ २८,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दैनिक भ्रष्टाचार र अनियमितताका उजुरी पर्ने क्रम बढेको देखिएको छ ।

भ्रष्टाचार अवधारण सूचकांकले पनि नेपालको अवस्थामा खासै सुधार नभएको देखाइरहँदा अख्तियारको तथ्याङ्कामा पनि उजुरीका चाङ पनि बढ्ने क्रममा रहेको देखिएको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७९/०८० को साउनयता उजुरी दिनेको सङ्ख्या अत्यधिक बढेको छ । आयोगमा साउनयता मात्रै नौ हजार पाँच सय १३ उजुरी दर्ता भएका छन्। साउनमा दुई हजार ९०, भदौमा एक हजार ६ सय ९८ र असोजमा एक हजार एक सय ५२ उजुरी परेका थिए ।

त्यस्तै, कात्तिकमा नौ सय २९, मंसिरमा नौ सय ३८, पुसमा एकहजार ३ सय ३२ र माघको हालसम्ममा एक हजार तीन सय ७४ उजुरी परेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा २४ हजार २ सय ४१ उजुरी परेका थिए ।

Leave a Reply

Your email address will not be published.