कोहलपुर, माघ २७,
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिँदै छन् ।
निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर हिजो पदमुक्त भएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो । शाहले शुक्रबार पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।