कोहलपुर माघ २४,

स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धिको कार्यक्रम बाँकेमा सुरु भएको छ ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका बारेमा जानकारी दिने उद्देश्यका साथ जिल्लामा २ दिने अभिमुखिकरण शुरू भएको हो । लुम्बिनी प्रदेश सुशासन केन्द्र बाँकेका कार्यकारी निर्देशक कमानशिह थापाले ब्यानर वाचन गरेर कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रममा स्थानीय शासन विज्ञ प्रेम नारायण श्रेष्ठले कार्यक्रमको उदेश्य बारेमा सहभागिहरुलाई जानकारी गराउँदै स्थानीय सरकारको जवाफदेही शुसाशनको मुख्य ओैजार समग्र स्थानीय तहका नितिगत तथा प्रशासनिक क्षेत्रको परिक्षण आवश्यक रहेको बताए । उनले मुख्य रूपमा २ दिनमा लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय सरकारहरूलाई सवलिकरण गर्नाका लागि लैङ्गिक समानता तथा सनमाजिक समावेशीकरण परिक्षण महत्त्वपूर्ण रहेको बताए ।

२ दिन सम्म स्थानीय शासन विज्ञ शोभिता परियारले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धि सहजिकरण गर्ने छिन । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षणको अभिमुखिकरण कार्यक्रममा सामुदायिक सेवामा आवद्व करिब ४० जनाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published.