कोहलपुर, माघ २३,
मेची महाकाली बुहारी सयुक्त आवाज बाँकेले गंगा बि.क.को उपचारका लागि आर्थिक संकलन गरेको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरकी गंगा बि.क.को उपचारका लागि मेची महाकाली बुहारी सयुक्त आवाजले आर्थिक संकलन गरेको हो । बासुकी स्वास्थ्य क्लिनिक नेपालगन्जका स्त्री रोग बिशेषज्ञ डाक्टर प्रविण योगिले आफ्ना स्वर्गीय बुवा बोधिलाल योगिको नाममा रु ५०,००० रुयैँया मेची महाकाली बुहारी सयुक्त आवाजलाई हस्तान्तरण गरेका छन् ।
बासुकी स्वास्थ क्लिनिक परिवारले रु २०,००० आर्थिक सहयोग गरेका छन् । बासुकी स्वास्थ्य क्लिनिकले ५ हजार, बासुकी फार्मेसी ५ हजार, बासुकी अल्ट्रा साउण्ड एण्ड हाईड्रोलोजी सेन्टर ५ हजार तथा बासुकी क्लिनिकल ल्याब्रोटरी ५ हजार गरि २० हजार नगद दिएको हो ।
घाईते बि.क.लाई उनका रुीमान भानुभक्त बि.क.ले पेट्रोल छर्किएर मार्न कोशिस गरेका थिए । उनको अहिले काठमाण्डौंमा उपचार भैरहेको छ ।