कोहलपुर माघ २३,

बाँकेको राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा राष्ट्रिय थारु साहित्य सम्मेलन २०७९ सम्पन्न भएको छ ।

शुक्रबारबाट सुरु भएको यो सम्मेलन थारू घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको हो । राष्ट्रिय थारु साहित्य सम्मेलनको यो सातौँ शृंखला अन्तरगत सम्मेलनलाई लुम्बिनी प्रदेशका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले उद्घाटन गरेका थिए । सम्मेलनमा थारु साहित्यसँगै, राजनीतिक, सामाजिक र सांस्कृतिक विषयमा बहस भएको थियो । कार्यक्रममा सुनसरी, नवलपरासी, चितवनसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि थारू साहित्यकार र अगुवाहरू सहभागी भएका थिए ।

सम्मेलनमा थारु साहित्यको समकालीन अवस्था, थारु र गैरथारु साहित्यकारबीच समन्वय, विकासमा बरघरको भूमिका, पश्चिम नेपालमा राजनीतिक फिलिङ्गो, थारु हस्तकला, आख्यानमा थारु जीवन, थारु साहित्यमा युवालगायत विषयमा चर्चा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.