कोहलपुर, माघ २२,

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ ।

आज बिहान ६ बजेर ३० मिटेनमा नर्भिक अस्पतालमा उहाँको उपचारका क्रममा निधन भएको हो । हिमालयन बैंक लिमिटेडका समेत संस्थापक रहेका राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्नु भएको थियो ।

तत्कालीन समयमा अर्थसचिव रहेका राणालाई २०१३ साल वैशाख १० गते गभर्नरमा नियुक्त गरी २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published.