कोहलपुर, माघ २२,

दाङको टरीगाउँ विमानस्थलमा केही दिन अघि सीता एयरले परीक्षण उडान गरेसँगै स्थानीयवासीमा यात्रा नियमित र सस्तो हुने आशा पलाएको छ ।

यसपटकचाँहि नियमित उडान हुनेमा दाङका नागरिक आशावादी भएका हुन् ।दाङको टरीगाँउ विमानस्थलबाट नेपाल एयरलाइन्सले काठमाडाँैसम्मको उडान भर्दै आएको थियो । तर सेवा नियमित नहुनुका साथै हवाइ भाडा पनि महङ्गो हुँदा सर्वसाधारण नागरिक निराश बनेका थिए । हाल निजी हवाइ कम्पनी सीता एयरले परीक्षण उडान गरेपछि सेवा नियमित हुने र हवाइ भाडा पनि घट्ने आशा रहेको स्थानीयवासी डिल्लीबहादुर रावतले बताए ।

तुलसीपुरमा रहेको विमानस्थलको स्तरोन्नति र नियमित उडानका लागि स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाले पहल गर्दै आएका थिए । तुलसीपुर उपमहानगरपालिकाले पनि यात्रु खोज्ने र हवाइ सेवालाई नियमित गर्न सघाउने नगर प्रमुख टिकाराम खड्काले बताए । हवाइ जहाजको माध्यमबाट काठमाडौदेखि दाङ आउन ४५ मिनेट समय लाग्छ । तर विमानस्थलको धावनमार्ग सानो भएका कारण ठूला जहाज अवतरण गर्न समस्या छ ।

Leave a Reply

Your email address will not be published.