कोहलपुर, माघ १९,
कोहलपुर सिटि एकेडेमी कोहलपुरले बिहीबारदेखि वार्षिक खेलकुद प्रतियोगिता संचालन गरेको छ ।
खेलकुदको पहिलो दिन विभिन्न विधाका खेलहरु भएका छन् । फुटबल, सय तथा एक हाजार मिटर दौड प्रतियोगीता लगायतका विभिन्न खेलहरु भएका हुन् । कक्षा नर्सरीदेखि ७ सम्मका विद्यार्थीहरु खेलकुदमा सहभागि भएका छन् । कोहलपुर सिटि एकेडेमीका प्रिन्सिपल प्रशान्त रिजालको अध्यक्षतामा उद्घाटन भएको खेलकुद कार्यक्रमको उद्घाटन औपारिक कार्यक्रम मार्फत गरिएको थियो ।
खेलकुद कार्यक्रमको उद्घाटन कोहलपुर नगर शिक्षा शाखा प्रमुख राम बहादुर हमालले गरेका थिए । उद्घाटनका क्रममा हमालले विद्यालयमा हुने यस्ता खालका प्रतियोगीताहरुले विद्यार्थीहरुको पढाईमा जागर आउनुका साथै उनीहरुको शारीरिक स्फुर्तिमा पनि विकास हुने कुरामा जोड दिए । हमालले खेलकुदका माध्यमबाट पनि विद्यार्थीहरुको मानसिक तथा शारिरिक विकासको हुने बताए । उनले खेलकुदले व्यक्तिलाई मात्रै नभएर राष्ट्रलाई पहिचान दिलाउने भएकाले खेलकुदको आयोजना गरेको भन्दै विद्यालयलाई धन्यवाद ज्ञापन गरेका छन् ।
खेलकुदका माध्यमबाट अध्ययनलाई प्रभावकारी बनाउन सकिने हुँदा समय अनुसार खेलहरु हुन जरुरी रहेको बताए । कार्यक्रमा शिक्षा प्राविधिक बल विश्वकर्माले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनसहित खेलकुदमा प्रोत्साहन गर्न प्रतियोगिताले राम्रो सन्देश प्रवाह गर्ने बताए । विद्यालयले शैक्षिक विकाससँगै खेलकुदका साथै अन्य अतिरिक्त क्रियाकलापलाई पनि जोड दिन सुझाव दिए । उनले विद्यालयलले विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरी विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र खेलकुदमा सक्रिय बनाउन सहयोग गर्ने बताए ।
खेलकुदका माध्यमबाट विद्यार्थीलाई अनुशासित र मर्यादित बन्न सहयोग पुग्ने प्रिन्सिपल प्रशान्त रिजालले बताएका छन् । खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग गर्ने, शारीरिक तन्दुरुस्त हुन टेवा पुग्ने हुनाले यो आफ्नो विद्यालयले खेलकुदलाई समेत प्राथमिकतामा राखेको उल्लेख गरे । रिजालले खेलको महत्व र आवश्यकतामा जोड दिँएका थिए । विद्यार्थीहरुको आन्तरिक क्षमतालाई परस्फुटनसँगै विद्यार्थीहरुको चौतर्फी विकासमा खेलकुदले मदत गर्ने उदेश्यका साथ प्रत्येक खेलकुद प्रतियोगीताको आयोजना गर्दै आएको प्रिन्सिपल रिजालले बताए । विद्यार्थी बालबालिकाहरुको शारिरिक तथा मानसिक विकासका लागि भन्दै विद्यालयमा खेलकुद प्रतियोगिता गरेको रिजालले जानकारी दिए ।
बिहीबार सेमिफाईनलसम्मका खेलहरु भएका छन् शुक्रबार फाईनलद खेलसँगै प्रतियोगीता समापन हुनेछ । फाईनल खेलमा विजेताहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिने रिजालले बताए । उद्घाटन कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।