कोहलपुर, माघ १६,

सोमबार सहिद दिवस, सङ्घ, प्रदेश र स्थानीयस्तरमा विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

सप्ताहव्यापी सहिद दिवसको अन्तिम दिन आज काठमाडौँको शान्तिबाटिकाबाट प्रभातफेरी सुरु गरेर बिहान ९ बजे सहिद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गर्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ । सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्री, उच्च पदस्थ अधिकारीहरू सहभागी हुने भएका छन् । हिजो सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

सहिद दिवस मूल समारोह समितिले काठमाडौंको शोभा भगवतीमा आयोजना गरेको स्मृति सभामा मन्तव्यसहित सहिदहरूको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.