बिधुत्मा रैका,
कोहलपुर, माघ १६,

‘मेरो बाबु बाच्न पाए हुन्थ्यो’ यो चित्कार र प्राथना थियो कोहलपुर नगरपालिका वडा नम्बर २ की गंगा बि.क.को । अफसोच उनको प्राथना र चित्कार भगवानको कानसम्म पुगेन । जीवन एउटा नाटक हो र मृत्यु सत्य, गंगाका २ वर्षिय छोरा प्रिन्स बि.क.ले पनि आफ्नो जीवनको अन्तिम सत्य स्वीकार गर्नै पर्याे । प्रिन्सले सोमबार बिहान ४ बजे अन्तिम स्वास फेरे भेरी अस्पताल नेपालगंजमा । प्रिन्सलाई बचाउन डाक्टरहरुले गरेको लाखौं कोशिस असफल भयो । उनको जीवनको भिक मागिरहेकी उनकी आमा गंगा भने भेरी अस्पताल नेपालगंजको वेडमा जीवन र मरणसँग लडिरहेकी छन् ।

उनलाई आफ्नो भन्दा पनि आफ्नो बच्चा बाँचेको हेर्ने रहर छ । आफ्नो भन्दा पनि आफ्नो बच्चा बाँचेको भए हुन्थ्यो भन्ने चिन्ता छ । २ वर्षिय अबोध बालक प्रिन्सको मृत्युको कारण भने उनका बाबु भानुभक्त बि.क.नै हुन् । आफ्ना सन्तानका लागि आमा धर्ति हुन् भने बाबु आकाश हुन् । तर उनका लागि आफ्नै बाबु उनका लागि काल बने । भानुभक्त बि.क.ले आफ्नै दुई वर्षिय छोरा प्रिन्स र श्रीमती गंगालाई पेट्रोल छर्केर जीउदै शरिरमा आगो लगाईदिए । आगोबाट गम्भीर घाइते भएका उनीहरु आमा छोरालाई उपचारका लागि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएको हुनाले उनीहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको थियो ।

प्रिन्सको उपचारका क्रममा मृत्यु भएको छ । गंगाको उपचार भैरहेको छ । उनको शरिरको ५० प्रतिशत भाग जलेको छ भने उनका छोराको खुट्टा बाहेक सबै अंग जलेको थियो । भानुभक्तले आफ्नी श्रीमती गंगालाई पछिल्लो एक वर्षदेखि कुटपिट गर्दै आएको गंगाकी बहिनी बताउँछिन् । उनले आफ्नो श्रीमतीलाई अरुसँग लागेको आरोपसहित विभिन्न बाहनामा कुटपिट गर्दै आएका गंगाकी बहिनीले बताईन् ।

आईतबार बिहानैदेखि उनले आफ्नी श्रीमतीसँग झगडा गरिरहेका थिए । साँझ पर्दासम्म पनि उनको व्यवहार उस्तै भएपछि छोरा समातेर माईत जानै लागेकि थिईन् गंगा । भानुभक्तले पछाडीबाट पेट्रोल छर्के र सलाई कोरेर फालिदिए आमा छोराको ज्यानमा । उनीहरु जल्न थालेको छरछिमेकले देखेर आगो निभाए तुरुन्तै अस्पताल पुर्याए । छर–छिमेकले निभाएको आगोसँगै प्रिन्स पनि निभिसकेका रहेछन् । कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदी र वडा नम्बर २ का अध्यक्ष हरसिंह कठायतले घाईते गंगा बि.क.सँग भेट गरेका छन् । उनीहरुले उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदैं भानुभक्तलाई कडा भन्दा कडा सजाय दिने विश्वास दिएका छन् ।

भानुभक्त आइतबार साँझ करिब ७ बजेतिर श्रीमती र छोरामाथि पेट्रोल छर्केर आगो लगाएर भागेका थिए । घटनापछि फरार रहेका भानुभक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ । भारततर्फ प्रवेश गर्ने प्रयासमा रहेका उनलाई जमुनाहा नाका नजिकैबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घटना पश्चात ईलाका प्रहरी कार्यालय कोहलपुरले फरार बि.क.को खोजिमा ठुलो मात्रामा प्रहरी परीचालन गरेको थियो । आईतबार राती नै प्रहरीले भारत पस्न खोजेका बि.क.लाई जमुनाह नाकाबाट पक्राउ गरेको हो । उनलाई बाट कोहलपुर ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐन बहादुर मल्लले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्

Leave a Reply

Your email address will not be published.