कोहलपुर, माघ १५,
पेरूको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गरेको अनुरोध अस्वीकार गरेको छ ।
यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गरेको अनुरोध पेरुको संसद्ले अस्वीकार गरेको हो । राष्ट्रपतिले निर्वाचनका लागि गरेको प्रस्तावको पक्षमा ४५ र विपक्षमा ६५ मत परेको छ ।
गत महिना सदनले सन् २०२६ मा हुनुपर्ने निर्वाचनलाई आगामी वर्ष एप्रिलमा गर्न सहमति जनाएको थियो ।