कोहलपुर, माघ १०,
सुदूरपश्चिममा पछिल्लो समय भुकम्पका धक्का महशुस भैरहेका बेला पुन: ठूलो भुकम्प गएको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा भुकम्पको ठूलो धक्का महशुस भएको हो । बाजुरा जिल्लाको बिछ्या केन्द्रबिन्दु बनाएर ५.४ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पका कारण सुरपश्चिममा विभिन्न जिल्लामा क्षेति पुगेको छ । अछाम, बझाङ, बाजुरा, डोटी लगायतका जिल्लामा क्षेति पुगेको छ ।
विषेश गरि बाजुरा र बझाङमा क्षेति पुगेको छ । बाजुरा तथा बझाङको घर भत्किएका छन् । मानवीय क्षति भएनभएको एकिन भएको छैन । नेपाल लगायत छिमेकी मुलुक भारत तथा चिनका विभिन्न स्थानमा भुकम्प गएको छ । भुकम्पले पुर्याएको क्षतिको थप विवरण आउन बाँकी रहेको छ ।