कोहलपुर, माघ १०,
चीनको उत्तरी सहर मोहेमा हालसम्म्कै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ ।
रुसी सीमाना नजिकै रहेको हेइलोङजियाङ प्रान्तमा पर्ने सहर मोहेमा स्थानीय मौसम विज्ञान स्टेशनले माइनस ५३ डिग्री सेल्सीयस रेकर्ड गरेको हो । यसअघि सहरको सबैभन्दा चिसो तापक्रम सन् १९६९ मा माइनस ५२.३ डिग्री सेल्सियस थियो । सन् २००९ को डिसेम्बरमा चीनको भित्री मङ्गोलियाको गेन्हे सहरमा –५८ डिग्री सेल्सियस रेकर्ड गरिएको सबैभन्दा चिसो तापक्रम हो ।
मोहे चीनको सबैभन्दा चिसो मानिने सहर हो जहाँ सामान्यतया ८ महिनासम्म चिसो जारी रहन्छ ।