शिवानी बि.क,
कोहलपुर, माघ १०,

बाँके जिल्लाको कोहलपुरमा पनि दादुरा रुवेला रोगका बिरामी भेटिएका छन् ।

गएको पुस १२ गते नेपालगंजमा पाँच जनामा दादुरा संक्रमण भेटिएको थियो । हाल कोहलपुरमा पौष २८ गते यता कोहलपुर नगरपालिकाको वडा नं २ मा १ जना, वडा नं. ४ मा ३ जना, वडा नंं. ११ मा १ जना, वडा नंं. १४ मा १ जना गरी ६ जानमा जना दादुराका बिरामीहरु देखा परेका हुन् ।

रोगलाई फैलन नदिन कोहलपुर नगरापलिकाले १५ वटै वडा तथा स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुलाई समुदायमा पुगि बिरामी समयमै पत्ता लगाई सबै स्वास्थ्य संस्थाहरुमा निशुल्क उपचारको ब्यवस्था मिलाईएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले जानकारी दिएका छन् । कोहलपुर नगरपालिकाका १५ वटै वडाका ६ महिना देखि १५ बर्ष मुनिका २६ हजार १ सय ४२ जना बालबालिकाहरुलाई खोप लागाईने भएको छ । अहिले प्रत्येक पालिकामा खोप केन्द्रहरुमा संचालनमा गरीने नगर प्रमुख आचार्यले बताएका छन् । १३२ वटा खोप केन्द्र संचालन गरि बुधबार (भोली)देखि माघ १६ गतेसम्म दादुरा बिरुद्धको खोप प्रत्येक बालबालिकाहलाई दिईने भएको छ ।

बालबालिकाहरुलाई ज्वरो आउनु, शरिरमा विमिरा÷डावर आउनु, आँखा रातो देखिनु, खोकी लाग्नु नाकबाट सिगान बग्नु जस्ता लक्षणहरु देखा परेमा दादुरा रुबेला बिरुद्धको खोप लगाई दादुरा–रुबेला रोग लाग्नबाट बचाउन हुन नगर प्रमुख आचार्यले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published.