कोहलपुर, माघ १०,

अवैधलाई रोक्न खोज्दा वैधानिक रूपमा खुलेका खानीजन्य उद्योगले पनि विरोध गरेपछि निर्माण कार्य प्रभावित हुन थालेको छ ।

क्रसर र बालुवा प्रशोधन उद्योग दर्ता र नवीकरणका लागि जिल्लामा चालिएका कदमका कारण दर्जनौँ उद्योग बन्द भएका छन् । वैधानिक रूपमा चलेकालाई पनि कच्चा पदार्थ ढुवानीमा रोक लगाउन थालिएको खबर आइरहेको दाङ जिल्ला समन्वय अधिकारी मोहन सुवेदीले जानकारी दिए । गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड र नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि पालना गर्न भनेको छ ।

७७ वटै जिल्लामा मापदण्ड विपरित चलेका क्रसर उद्योग बन्द गर्न निर्देशन गएपछि जिल्लामा स्थानीय प्रशासन र जनप्रतिनिधि कार्यान्वयनमा लागेका छन् । तर ज्यान मार्ने धम्की आउन थालेको दाङको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले बताए । दाङमा १२ क्रसर उद्योग र ३२ बालुवा प्रशोधन केन्द्र छन् । तर प्रशोधनको अनुमति पाएका आठ उद्योगले क्रसरको काम गरिरहेको प्रहरी प्रशासनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.