कोहलपुर, माघ ९,
सोमालियाको राजधानी मोगादिसुमा रहेको सरकारी भवनमा बम र बन्दुक आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ ।
अल–शबाब सशस्त्र समूहका सदस्यहरूलेसरकारी भवनमा भएको बम विस्फोट र आक्रमणको जिम्मेवारी लिएको छ। त्यहाँको सूचना मन्त्रालयका अनुसार सरकारी कार्यालयमा प्रवेश गरेका आक्रमणकारीहरूले सुरक्षा बल माथि गोली चलाएको थियो । सुरक्षा बलहरूले जवाफी प्रहार गर्दा सशस्त्र समूहका छ जना सदस्यहरूको मृत्यु भएको छ ।
सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदको सरकारले अगस्टमा अल–कायदासँग सम्बन्धित समूह विरुद्ध आक्रमण सुरु गरेपछि अल–शबाबले आक्रमणहरू बढाएको छ ।